Dark

बर्दिवास मेडिकल कलेजको निर्माण कार्य प्रभावित

महोत्तरी । जग्गा प्राप्ति सम्बन्धमा अन्योल भएसँगै बर्दिवास मेडिकल कलेजको निर्माण कार्य प्रभावित बनेको छ ।

नेपाल सरकारले बर्दिवासमा मेडिकल कलेज निर्माण गर्ने निर्णय गरेको ४ वर्षपछि पनि जग्गा प्राप्तिसम्बन्धी अन्योल अन्त्य भएको छैन ।

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना स्थापना गरी ०७५ साल मंसिर २० मा मेडिकल कलेज निर्माण प्रक्रिया अगाडि बढाएका थिए ।
  
तर खासै प्रगति हासिल नभएको आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले जानकारी दिएका छन्  ।

महोत्तरीले भप्सी खोला छेउमा अवस्थित वनको जग्गामा मेडिकल कलेज बनाउने योजना  रहेको छ ।

 वन विनाश गरेर मेडिकल कलेज बनाउन नपाइने भन्दै जनकपुरधाम वन प्राविधिक समिति लगायतले विरोध गर्दै आएका छन् ।

यस मेडिकल कलेज निर्माणपूर्व जग्गाको अनुगमनदेखि विभिन्न पत्र पत्रिकामा सूचना निकालिसकेको र बजेटसमेत विनियोजन भइसकेको अवस्थामा निर्माणको प्रारम्भिक कार्य नै अड्किएको आयोजनाका निर्देशक सुवेदीको भनाइ छ ।

सुरुमा १०१ं४९ हेक्टरमा मेडिकल कलेज बनाउने योजना रहे पनि धेरै रुख मासिने भन्दै त्यसलाई घटाएर ५४ं५८४ हेक्टर जग्गामा सीमित गरिएको उनले बताए ।

प्रस्तावित जग्गामा रहेका १ हजार ९३७ रुखमध्ये बचाउन सकिने रुखलाई मेडिकल कलेज परिसरमै समेटेर सुरक्षित राख्ने योजनासमेत बनाइएको उनको भनाइ छ ।

‘कलेज निर्माणका क्रममा ३ सय रुखमात्रै विनाश हुनेछ,’ उनले भने, ‘कम से कम रुखमा क्षति पुगोस् भन्ने मनसाय राखेर नै हामी काम अगाडि बढाउने योजनामा छौं

३५ अर्ब रुपैयाँ अनुमानित लागतमा निर्माण हुन लागेको १ हजार शय्याको बर्दिवास मेडिकल कलेजको डिपिआर निर्माण भइसकेको छ भने इआइए रिपोर्टसमेत तयार भइसकेको छ ।

तर वन कार्यालयकै कर्मचारी सुजितकुमार झाले वन विनाश हुने भन्दै उक्त आयोजनाको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै