• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

महिला राष्ट्रप्रमुख भएको देशमा महिला नै असुरक्षित, किन बढ्दै छ दैनिक महिला हिंसा ?

काठमाडौं । महिला राष्ट्रपति भएको देशमा महिला नै दिनानुदिन मारीएको देख्दा साह्रै दुःख लाग्छ । महिलाले हरेक पाइलामा विचार गरेर हिड्दा पनि कुन पापीको आँखा लाग्छ र दिनानुदिन मृत्युको खबर सुन्दा स्तब्ध हुन्छु ।

महिलाहरु समाजमा हरेक दिन हिंसा सहेर बाँच्न बाध्य छन् । समाज परिर्वतन भएसँगै महिलामाथि हुने हिंसाको स्वरुप पनि परिवर्तन भएको पाइन्द्धछ ।महिलामाथि शारीरिक, मानसिक र सामाजिक रुपमा दैनिक हिंसाको शृङ्खला पनि बढिरहेको छ । दाइजो, बलात्कार, आदि हिंसाको पीडा महिलाले भोग्नु परेको समाचार सुन्दा र लेख्दा सबै भन्दा बढी दुःख लाग्छ ।  यति धेरै हत्या काघटना सुन्दा सुन्दै पनि किन सरकारले कानमा तेल हालेर बसेको ?
 

देशमा महिला राष्ट्रपति भएपछि अब महिलाले सुरक्षित हुने दिन आयो भनेर सबै खुसि भएकाहरुको खुसी क्षण भर पनि टिक्न सकेन । बलात्कार पछि निर्मम हत्या भएकी निर्मला पन्तको हत्यारा पत्ता लागेन । दोषी पत्ता लाग्नु र पीडितले न्याय पाउनु सम्बन्धित निकायको चासोको नै भएन । हरेक नागरिकको सुरक्षको जिम्मा लिनु पर्ने सरकार सर्वसाधरण नागरिक मरुन बाँचुन सरकारलाई खासै फरक परेन ।

आफ्नो स्वार्थ पुरा गर्न लालाहित सरकार दिनानुदिन महिला हिंसाकोको खबर सुन्दा आश्वाशन बाहेक अरु केही गर्न सक्दैन । कानुन मात्र बनाएर हुन्छ र सरकार त्यसको उचित ढंगले कारबाही गर्यो भने पो मानीस हरुले अपराध गर्नु भन्दा अगाडी १० पल्ट सोच्छन् । तर आफ्नो मान्छेले गल्ती गरेर समातियो भने छुटाउन सरकार र सत्तामा पहुँच भएकाहरु नै लागि परेका हुन्छन् । हजारौँ आमाले आफ्नो छोरीको उज्वल भबिष्यको लागि संघर्ष गरिरहेकी हुन्छिन् । तर त्यहि छोरीलाई कसैले निर्मम हत्या गरि फलिदिँदा के हुन्छ होला ? हरेक बर्ष कयौँ चेलीहरुले अकालमा ज्यान गुमाउनुपर्दा के होला ? अहिले पनि चितवनको सुजिता भण्डारी सविता भण्डारीको निर्मम हत्या भएको छ ।

 बिबाह गरेर आफ्नो मुटुको टुक्रा छोरीलाइ दिने रित छ तर त्यो आमा बाबाले छोरीलाई दया नभएको पापीहरुले हत्या गरिदिन्छन् । हत्याराहरु समाजमा खुलेआम हिडीरहेका छन् । सविता भण्डरीको हत्यामा तमाम सबुत भएर पनि अझै हत्यारा समाउन सकेको छैन । भने सुजिताको अझै पोष्मार्टम रिपोर्ट आउन बाँकी छ । हरेक दिदि बहिनीको केसलाई निर्मलाको जस्तो नबनाइयोस् सत्य तथ्य छानबिन गरेर दोसीलाई हदैसम्मको कारबाही होस् । अब आउने दिनमा कुनै बाबा आमाको आँखामा आँसु देख्न नपरोस् । हामी सबै जनाले सुरक्षित छु भन्ने महसुस गर्न पाईयोस् । 

सरोकारवाला निकायले महिला हिंसामा निश्पक्ष छानबिन गरेर अपराधीलाई कानुनको दायरामा ल्याई महिलाहरुको सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।  आगामी दिनमा महिलाले पनि स्वतन्त्र रुपमा बाँच्न र मानव अधिकारको उपभोग गर्न पाउन । महिला हिंसाको विषयमा समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने यस्ता घटनाले समाजमा अझै लामो समयसम्म मौलाइरहनेमा दुईमत छैन । महिला हिंसाको घटनाले यो समाज यस्तो भइसक्यो की एउटी आमाले छोरी जन्माउनु भन्दा अगाडी हजार पटक सोच्नु पर्ने भयो । सरकार  हरेक आमाको चित्कार सुनिदेउ दोषी लाई हदैसम्मको कारबाही गरेर पीडित चेलीलाई न्याय देउ। 

नारी पुरुष एक अर्काका विरुद्घमा नभएर परिपुरक हुन् ।  दुईमध्ये एकको अभावमा सृष्टी असम्भव छ । समाजमा यदि महिला हिंसाको घटना यसरी नै मौलाउँदै जाने हो भने नारी पुरुष एक अर्काका विरुद्घमा नहोलान् भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै