Dark

ब्राजिल कोपा अमेरिकाको फाइनलमाः अर्जेन्टिनासँग भेट हुन सक्ने

एजेन्सी । साविक विजेता ब्राजिलले कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको छ ।

ब्राजिलले संघर्षपूर्ण खेलमा पेरुमाथि १-० को कठिन जित निकाल्दै कोपा अमेरिकाको यस संस्करणको फाइनलमा स्थान बनाएको हो ।

रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्को समूहको सेमीफाइनल विजेता टोलीसँग खेल्ने छ । उसले अर्जेन्टिना र कोलम्बिया एकसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

जुलाई १० मा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ । ब्राजिल अघिल्लो संस्करणको विजेता टोली हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै