Dark

सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउनु पर्छ- नरोत्तम वैद्य

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउनु पर्ने बताएका छन् ।

 शनिबारको प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पेश गरेको उच्च शिक्षा विधेयकमा आफ्नो सुझाव दिँदै विश्वका अन्य मुलुकलेझैं नेपालले पनि शिक्षा र स्वास्थ्य निशुल्क गर्नु पर्ने बताएका हुन् । 


 

नेपालमा शिक्षा, स्वास्थ्य निःशुल्क गर्न नीतिको आवस्यक भएकाले यस बारेमा गृहकार्यमा लाग्नु पर्ने उनले बताए । 

विश्वविद्यालयमा कूलपति, उपकूलपति नियुक्त गर्दा योग्यता र क्षमताको आधारमा हुने गरी ऐन बनाउनु पर्ने उनको सुझाव रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै