Dark

जसपा सांसदको धोकासँगै लुम्बिनीमा पोखरेलको सत्ता फेरि पनि संकटमा 

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले बहुमत गुमाएको छ । जनता समाजवादी पार्टीको समर्थनमा राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले राजिनामा दिँदै सरकारमा समर्थन नरहेको बताएसँगै पोखरेलको सत्ता संकटमा परेको हो । 

जसपाका ४ सांसदको समर्थनमा सत्ता जोगाउन सफल भएका मुख्यमन्त्री पोखरेल राज्यमन्त्री रायमाझीको राजिनामा पछि पुनः संकटमा परेका छन् । 

 


 

प्रदेश सभामा अहिले ८३ सदस्य रहेका छन् । पोखरेललाई ४२ सांसदको समर्थन रहेको थियो । राज्यमन्त्री रायमाझीले राजिनामा दिएसँगै सरकारलाई समर्थन गर्ने सांसदको संख्या ४१ भएको छ । 

पोखरेलको सत्ता ढाल्न लागि परेका गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलसँग बहुमत नरहेको दाबी गर्दै ४२ सांसद सदस्यको हस्ताक्षरसहित माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष निवेदन दिए पनि प्रदेश प्रमुख यादवले पोखरेललाई आफ्नै कार्यालयमा दोस्रो पटक प्रदेश प्रमुखको सपथ गराएका थिए । 

वैशाख २६ मा पुनः ४ दलले मुख्यमन्त्री विरुद्घ अविश्वासको प्रश्ताव पेश गरेपनि जसपाका ४ सांसदले समर्थन गर्दा उनी नेतृत्वको सरकार जोगिएको थियो । 

प्रदेश सभामा बहुमतका लागि चाहिँने ४२ सांसदमध्ये अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सांसदको मात्र पोखरेललाई समर्थन रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै