Dark

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

एजेन्सी । ब्राजिल चीरपरिचित प्रतिद्वन्द्वी चिलीलाई १–० ले पन्छाउँदै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । 

पहिलो हाफमै गाबरियल जेससले गोल गर्ने राम्रो अवसर पाएका थिए । तर, चिलीका गोलकिपर क्लाउडियो ब्राभोले सुन्दर बचाउ गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुमै ४७ औं मिनेटमा लुकास पाक्वेटाले ब्राजिललाई अग्रता दिलाए ।

दोस्रो हाफमा  खतरनाक ट्याकल गरेपछि गाबरियल जेसस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिम ३० मिनेट ब्राजिलले १० खेलाडीमा सीमित भयो ।

त्यसपछि चिलीले ब्राजिललाई बल नियन्त्रणमा राखेर अत्यधिक दबाब दिए पनि गोल गर्न सकेन । 

ब्राजिलले अब सेमिफाइनलमा पेरुको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत बाँकी क्वाटरफाइनल खेलहरुमा उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।

उरुग्वे र कोलम्बियाबीचको खेलमा नेपाली समयअनुसार आइतबार बिहान ३ः४५ मा हुँदैछ ।

त्यसैगरी आइतबार बिहान ६ः४५ मा अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै खेलका विजेताले सेमिफाइनलमा एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै