Dark

लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री रायमाझीको राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले समर्थन नगरेको भन्दै उनले राजीनामा दिएकी हुन् ।

जनता समाजवादी पार्टीले समर्थन नगरेपछि सरकारमा रहन नसक्ने भन्दै  उनले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएकी हुन् । 

 

राजीनामा पत्रमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै