Dark

एमाले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने तीन सांसद फेरि निलम्बित (विज्ञप्तीसहित)

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेका तीन जना सांसद पुनः निलम्बनमा परेका छन् ।

कर्णाली प्रदेश एमाले संसदीय दलको निर्णय अनुसार तीन जना सांसद क्रमशः अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एक महिनाको लागि निलम्बनमा परेका हुन् ।

‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक महीनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ’ सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।

फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका थिए भने सोही दिन प्रदेश सभामा समेत प्रतिपक्ष बस्ने लाइनमा थिए ।

एमाले संसदीय दलको बैठकले पुनर्बहाली पछि तीनै जनालाई सरकारबाट फिर्ता बोलाए पनि मन्त्रीले भने सरकारबाट फिर्ता नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै