Dark

कर्णाली प्रदेशसभाको बैठक असार ११ गते सम्म स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक असार ११ गते सम्म स्थगित भएको छ । 

असार १ गते सरकारले बजेट सार्वजनिक गरेपछि बस्ने भनिएको बैठक स्थगित हुँदै आएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । पुनर्वहाली भएका चार सांसदको मुद्दा विचाराधीन भएकाले सदन पनि स्थगित भइरहेको हो । 

 

 

अब अर्को बैठक असार ११ गते दिउँसो २ बजेलाई बोलाइएको सभामुख राजबहादुर शाहीले दजानकारी दिएका छन् । एमाले प्रदेश संसदीय दलले आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै