Dark

देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १८ जनाको मृत्यु, २१ जना बेपत्ता, १९ जना घाइते

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १८ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।  बाढीपहिरो र डुबानमा परी १९ जना घाइते भएका छन् । 

तीमध्ये १२ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्ला र कास्कीमा २र२ जना, स्याङजा, चितवन, सल्यान र दार्चुलामा १र१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।


गत जेठ ३० गतेदेखि आइतबार दिउँसोसम्म मृत्यु हुनेहरूमा ११ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ४ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १र१ जना रहेका छन् ।

बेपत्ता मध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन् भने वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीपहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ५ वटा घर, ११ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय २९ वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । बाढीपहिरोबाट बन्द सडकहरु प्रहरीले सुचारु गराएको छ । साथै बझाङ, कालिकोट, बैतडी लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै