Dark

नवनियुक्त मन्त्रीहरुलाई इमान्दारिताका साथ काम गर्न  प्रधानमन्त्री ओली निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् । 

बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले जिम्मेवारी दिइएको काम इमान्दारिता पूर्वक गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा एमाले र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मौजुदा मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

यसअघि जेठ २१ गते मन्त्रिमण्डलमा हेरफेर भएको थियो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय राखेका छन् भने गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री नियुक्त भएका छन् ।

यसैगरी, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह र आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै