Dark

बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गछौंः नेता पोखरेल

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् । 

शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले संविधानको धारा १६८ (३) अनुसार विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका छन् ।

अब संविधानको धारा १६८(५) अनसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्रापत गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद सहमत देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै