Dark

काठमाडौंमा दुई दिन अगाडि नै रोकियो खोप अभियान

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्घको खोप उपलब्ध गराउन नसकिने जानकारी गराएका कारण काठमाडौं महानगरपालिकामा खोप अभियान दुई दिन अगाडि नै रोकिएको छ ।

काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो ।
 

सरकारले खोप उपलब्ध गराउन नसकिने जानकारी गराएपछि खोप कार्यक्रम स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिएका छन् । तर पर्याप्त खोप उपलब्ध हुन नसकेपछि महानगरले अर्को सूचना जारी नभएसम्मका लागि अभियान स्थगन गर्नुपरेको बताएको छ ।

प्रमुख हरि कुँवरका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौं महानगरलाई ३२ हजार खोप उपलब्ध गराएकोमा तीन दिनको अवधिमा २८ हजार प्रयोग भइसकेको बताएका छन् । बाँकी रहेको चार हजार खोप अपुग हुने भएपछि स्थगित गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै