Dark

सांसद दीपक मनाङ्गेलाई भेट्न पुगेका गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

पोखरा । गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ गरेका छन् । 

सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके लामालाई लेकसाइडको एक होटलबाट सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको हो । विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई प्रहरीले पक्राउ गरेको हो ।

डिएसपी तथा प्रवक्ता सुवास हमालका अनुसार पक्राउ परेका लामालाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको जानकारी दिएका छन् । मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । 

मनाङ्गेको मतले विपक्षीको सरकार बन्‍ने पक्काजस्तै भएको छ । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै