Dark

प्रदेश १ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याउने तयारी (पूर्णपाठ)

काठमाडौं । प्रदेश १ सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्घता भन्ने मुल नारासहित स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । 

बिहीबारको प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेर आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना तयार पारिएको छ ।

प्रदेश सरकारले ल्याउने चौथो नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्घता भन्ने मुल नारासहित यस्तो कार्यक्रम ल्याउने तयार गरेको हो ।

गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको स्थापना गरिने प्रदेश प्रमुख प्यासीद्धारा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गुरुयोजना अन्तर्गत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची प्रादेशिक अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नती गर्ने सरकारको तयारी छ । 

कोभिड १९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसुती तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गर्ने कोशी अस्पताल अन्तर्गतको प्रदेश सरकारको योजना छ । आर्थिक वर्षदेखि मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरलाई स्तरोन्नोति गरी आगामी सञ्चालन गर्ने सरकारको तयारी छ ।

पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै