Dark

कम्पनी रजिष्ट्रारमा दर्ता भयो हिमालयन रि इन्स्योरेन्स

काठमाडौं । केही समय अघि मात्र बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको छ । 

जेठ १७ गते सोमबार कम्पनीले प्रारम्भिक आशय पत्र प्राप्त गरेपछि जेठ २३ गते आइतबार गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता गराएको जनाइएको छ । कम्पनीको दर्ता नम्बर २ लाख ६३ हजार ६ सय १८ रहेको छ । कम्पनीको नाम हिमालयन रि इन्स्योरेन्स लिमिटेड रहेको छ ।  

उक्त कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष रहेका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघकाका पूर्वअध्यक्ष तथा मुरारका ग्रुपका पशुपति मुरारका, नेपाल  उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा,नेपाल परिसंघका वर्तमान अध्यक्ष लक्की ग्रुपका सतीश मोर ,शंकर ग्रुपका शाहील  अग्रवाल र सुलभ अग्रवाल,के एल दुगड् ग्रुपका विकास दुगड्, एमभी दुगड् ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायत नेपालका सफल व्यवसायिक व्यक्तित्वहरु रहेको समितिले जनाएको छ ।

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि ५ कम्पनीले प्रस्ताव गरेका थिए । जसमध्ये अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, प्रुडेन्सियल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र जेन्युन रिइन्स्योरेन्स थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै