Dark

नेको इन्स्योरेन्सको लाभांश इतिहास 

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत निर्जीवन बीमा कम्पनी हो । नेप्सेमा कम्पनीको शेयरमूल्य हाल प्रतिकित्ता १ हजार ७ सय १७ रूपैयाँ रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । कम्पनीले सो अवधीसम्म १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा १ अर्ब ७१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ६८ लाख रुपैयाँ रहेको जनाइएको छ । 

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २ सय ३५ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ४६ दशमलव ८८ गुणा रहेको छ ।

९ वर्ष अगाडि १ सय कित्ता शेयर किन्ने लगानीकर्ताको शेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षमा बोनस वितरण गरी अहिले बढेर २ सय ५९ कित्ता पुगेको छ । त्यस्तै, शेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताको पुँजी बढेर हाल ४ लाख ४४ हजार रूपैयाँभन्दा धेरै पुगेको छ । 

 

 

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस्तो छ:

१. आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले नगद वितरण गरेन ।

२. आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना शेयरधनीलाई ११ दशमलव ५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि कम्पनीले नगद वितरण गरेन ।

३. आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना शेयरधनीलाई १२ दशमलव ७१ प्रतिशत बाेनस र शून्य दशमलव ६७ प्रतिशत नगद गरि कूल १३ दशमलव ३८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बाेनस र शून्य दशमलव ६८ प्रतिशत नगद गरि कूल १५ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना शेयरधनीलाई २० प्रतिशत बाेनस र १ दशमलव शून्य ५ प्रतिशत नगद गरि कूल २१ दशमलव शून्य ५ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत बाेनस र शून्य दशमलव ५२ प्रतिशत नगद गरि कूल १० दशमलव ५२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बाेनस र शून्य दशमलव ६३ प्रतिशत नगद गरि कूल १२ दशमलव ६३ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना शेयरधनीलाई ८ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस वितरण गरेन ।

९. आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना शेयरधनीलाई १५ दशमलव ५ प्रतिशत बाेनस र शून्य दशमलव ८२ प्रतिशत नगद गरि कूल १६ दशमलव ३२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

#नेकोइन्स्योरेन्स #लाभांशवितरण #लाभांशइतिहास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै