Dark

नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम १६ अर्ब माथि 

काठमाडौं । शेयरबजारमा साताको अन्तिम दिन बिहीबार, आज सामान्य करेक्सन भएको छ । 

बुधबार १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ बिन्दुमा रोकिएको शेयरबजार मापक नेप्से परिसूचक आज बिहीबार पुन १ दशमलव ८० अंकले घटेर २ हजार ९ सय ४४ दशमलव ५८ बिन्दुमा अढिएको छ ।

आज कुल २ सय २० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर खरिदबिक्री भएको छ भने कारोबार रकम घटेर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रुपैँया पुगेको छ ।

आज कुल ९८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १ सय २ वटा कम्पनीको शेयरमूल्य घटेको छ । 

यसैगरी, उपसूचकमध्ये आज सबैभन्दा धेरै हाइड्रोपावर समूहको २ दशमलव ९९ प्रतिशतले शेयरमूल्य बढेको छ । यस्तै, आज विकाश बैंक समूह,  फाइनान्स समूह, माइक्रोफाइनान्स समूह, म्यूचुअल फन्ड समूह र इन्भेस्टमेन्ट समूहको शेयरमूल्य बढेको छ ।

बिहीबार पाँचथर पावर कम्पनी लिमीटेडको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ८५ रूपैयाँ पुगेको छ । 

यी १० कम्पनीको शेयरममूल्य आज सर्वाधिक बढेको छ

त्यस्तै, आज बट्लर्स नेपाल९तराई० सबैभन्दा धेरै ३ दशमलव ९५ प्रतिशतले घटेर प्रतिकित्ता १० हजार ५ सय ७० रूपैयाँ पुगेको छ । 

यी १० कम्पनीको शेयरममूल्य आज अत्याधिक घटेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै