Dark

 नागरिक लगानी कोषको लिलामी शेयर भर्ने आज अन्तिम मौका

काठमाडौं । आज जेठ २७ गते एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

 बैंकले जेठ २ गते आइतबारदेखि कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

शेयरको न्युनतम मूल्य १ हजार ३ सय ६६ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन पाउनेछन् । 

बबरमहल, काठमाडौंस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यलय, थापाथली वा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै