Dark

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर बिक्री खुल्ला 

काठमाडौं । आज जेठ २७ गते बिहीबारदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । 

उक्त शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । जसकारण, लगानीकर्ताले सो वा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन पाउनेछन् । 

योग्य एवम् इच्छुक खरिदकर्ता संस्थापक व्यक्ति वा कम्पनीले असार १० गतेसम्म बोलपत्र पेश गरिसक्नुपर्ने जनाइएको छ । लगानीकर्ताले हात्तिसार, काठमाडौँस्थित सिद्धार्थ बैंक लिमिटेडबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै