Dark

स्वरोजगार कोष सचिवालयद्वारा बिजनेस प्लान मोबाइल एपबाटै बनाउन माग 

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय मातहतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले मोबाइल एप प्रयोग गरी व्यवसायिक योजनाको निर्माण साथै दरभाउ प्रस्तावको माग गरेको छ । 

बिहीबार सचिवालयले यस सम्बन्धि सूचना प्रकाशित गरी योग्य एवम् इच्छुक फर्म, संस्था वा कम्पनीबाट दरभाउ मागेको जनाइएको छ ।

सरकारले देशभरका वित्तीय संस्थाहरुबाट बेरोजगार युवारलाई लक्षित गर्दै सहुलियत दरमा ऋण उपलब्ध गराइरहेको छ । सचिवालयका शाखा अधिकृत भाष्करदत्त जोशीका अनुसार युवाहरूले बिजनेस प्लान तयार गर्न नसकेको गुनासो धेरै सुनिएपछि मोबाइल एपको निर्माण गर्ने खोजिएको हो । 

उनी ऋणमा आवेदन दिन आवश्यक व्यवसायिक योजना तयार गर्ने विषयमा युवाहरू अनविज्ञ रहेको बताउँछन् । युवाहरुलाई आवश्यक कागजात तथा विवरणहरु थाहा हुँदैन । बिजनेस प्लान तयार गर्ने ज्ञान पनि छैन, जोशी बताउँछन् ।

देशव्यापी सचिवालयले करिब १५ सय बेरोजगार युवालाई मोबाइल एपमार्फत् बिजनेस प्लान तयार गरेर दिने लक्ष्य राखेको जनाइएको छ । जहाँ डेटा इन्ट्रीदेखि सञ्चालन गर्ने तरिका बारे आवश्यक तालिमसँगै छुट्टै युजरनेम र पासवर्ड दिइने भनिएको छ ।

आगामी असार १० गते मध्यान्न १२ बजे  सचिवालयले दरभाउ प्रस्ताव पेश गर्ने मिती तोकेको छ । जोशी उक्त एपले हस्तलिखित व्यवसायिक योजनालाई विस्थापित गर्दै योजना निर्माण गर्न अनावश्यक खर्च हटाउने कुरामा विश्वास राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै