Dark

भाटभटेनी चोकमा एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै