Dark

लागूऔषध कारोबारमा संलग्न ५ जना ललितपुरबाट पक्राउ

ललितपुर । ललितपुरबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राज महर्जन,कृष्ण कुमार बिक,शक्तिलाल साहु, राजकुमार शाह र रुपेश बादिकार छन् । 
 

महर्जन र बिकलाई प्रहरीले गोदावरी नगरपालिका–३ स्थित नौधाराबाट जेठ २१ गते पक्राउ गरेको थियो भने अन्य ३ जना महर्जन र बिकको बयानका आधारमा बालकुमारी र ग्वार्को क्षेत्रबाट पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट ५९ एम्पुल डाइजेल्याव, ६२ एम्पुल नुफ्रिन र ५९ एम्पुल फेनारगन बरामद गरिएको महानगरीय प्रहरी वृत्त सातदोवाटोका प्रहरी इन्सपेक्टर हरी ओलीले बताए ।

आरोपीलाई म्याद थप गरि लागूऔषध कारोबार मुद्दामा अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त सातदोवाटोका डिएसपी दिनेश घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै