Dark

धारा ७६(५) अनुसार देउवाको प्रधानमन्त्री बन्ने चाहानामा ब्रेक

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने योजनामा तत्कालका लागि ब्रेक लागेको छ । 

सर्वोच्चको संवैधानिक इजलासले बुधबार देउवा सहितका १४६ सांसदको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै देउवाको तत्काल प्रधानमन्त्री बन्ने योजनामा ब्रेक लागेको हो । 

अदालतको आदेशको बलमा प्रधानमन्त्री बन्ने योजनामा तत्कालका लागि ब्रेक लागेको छ । जेठ ७ गते गते देउवाले संविधानको धारा ७६(५) अनुसार बहुमत सदस्यको प्रधानमन्त्रीमा दाबी गर्दै राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरेका थिए ।

तर राष्ट्रपतिले त्यसलाई मान्यता नदिई नयाँ सरकार बन्न नसकेको भन्दै जेठ ७ गते मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिदिएकी थिइन् । 

उक्त घोषणा असंवैधानिक भन्दै काँग्रेस, माओवादी, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव समूहसहितको विपक्षी गठबन्धन अदालत पुगेको थियो । 

काँग्रेस सभापति शेरबहादुर देउवालाई परमादेश मार्फत प्रधानमन्त्रीमा नियुक्त गर्न देउवा सहितका सांसदहरुको रिटमा माग गरिएको थियो ।  

संवैधानिक इजलासको बुधबारको आदेशमा सरकारसँग लिखित जवाफ माग्ने, मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने, बहसको समय तोक्ने लगायतका विषय उल्लेख छ । अब अदालतमा असार ९ देखि सुनुवाइ हुनेछ भने त्यसपछि मात्रै मुद्दाको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै