Dark

प्रदेश २ मा जसपा र काँग्रेसबीच २ बुँदे औपचारिक सहमति

काठमाडौं । प्रदेश २ का सरकारमा सहभागी हुन काँग्रेस औपचारिक रुपमा सहमत भएको छ । 
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकारमा बुधबार जसपा र काँग्रेसबीच २ बुँदे सहमति भएको हो । 

जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता लालबाबु राउत र काँग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बद्र्घन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ । काँग्रेसको तर्फबाट राम सरोज यादवको नै नेतृत्व सहित सरकारमा सहभागिता हुने सहमतिपत्रमा उल्लेख छ । 

यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमतिपत्रमा उल्लेख छ । जसपा नेतृत्वको सरकारमा  माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । 

आन्तरिक सहमतिअनुसार काँग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय पाउने र केन्द्रले मन्त्रीको नाम दिए भने आजै साँझ सपथग्रहण हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै