Dark

बजेट मार्फत प्रदेशमा खोप खरिद गरिदिन प्रदेश १ की सामाजिक विकासमन्त्री राईको आग्रह

काठमाडौं । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सरकारको बजेट मार्फत खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले प्रदेशलाई खोप खरिदका लागि बाटो खोली दिन संघीय सरकारलाई आग्रह गरेकी हुन् ।

खोप कार्यक्रममा विलम्ब भएको भन्दै संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन आग्रह गरेकी हुन् । 

भर्चुअल बैठक आफ्ना कुरा राख्दै मन्त्री राईले भनिन्, ‘कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह गर्छु, केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’ 

उक्त भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो । 

कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेको अवस्थामा आम नागरिकलाई खोप नै सुरक्षाको भरपर्दो स्रोत भएकाले खोप व्यवस्थापनमा प्रदेश सरकार लाग्ने तर्फपनि उनले जानकारी गराएकी हुन् । 
सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशका ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइएको छ । प्रदेशका १४ जिल्लामा करिब ४५ लाख जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै