Dark

सुदूरपश्चिम एमालेभित्रको विवाद चरम उत्कर्षमा, दुवै पक्षको कारवाही औपचारिकतामा

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशसभामा १७ विश्वासको मत दिएपछि नेकपा एमालेभित्र विवाद बढेको छ ।

मंगलबार मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने र विपक्षमा उभिने निर्णयले एमालेभित्र थप विवाद चर्किएको हो । एकअर्का पक्षलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । 

सुदूरपश्चिम प्रदेशसभामा नेता माधवकुमार नेपाल पक्षको बहुमत भएकाले संसदीय दलले निर्णय गरेरै पार्टीको स्थायी कमिटी बैठकको निर्णयविपरीत माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

पठानसिंह बोहरा, लीलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, माया तामाङ, नेपालु चौधरी, रतन थापा र बलदेव रेग्मीले ओलीको निर्देशन मान्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका हुन् । सभामुखसहित २४ प्रदेश सदस्य रहेको एमालेमा १७ जना नेपालतिर र सात जना ओलीतिर लागेका छन् । 

संसदीय दलका नेता रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह सहित १७ जना नेपाल–खनाल पक्षमा उभिए ।

यो पक्षमा प्रमुख सचेतक दुर्गाकुमार विक, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद, तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङ लगायत छन् ।

१० जेठमा बालुवाटारमा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारबाट समर्थन फिर्ताको निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै