Dark

खल्ती एपमा बैंक लिंक गर्दा बोनस पाइने (यस्ता छन् सुविधाहरु)

काठमाडौं । खल्ती डिजिटल वालेटले खल्ती खातामा बैंक लिंक गरेपछि सेवाग्राहीले १ सय रूपैयाँ बोनस रकम पाउने अफर ल्याएको छ । 

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक बैंक अकाउन्ट लिंक गर्दा आफ्नो खातामा उक्त बोनस रकम प्राप्त हुनेछ । 

के–के छन् त अन्य सुविधाहरु ?  

खल्ती एपमा बैंक लिंक गरेपछि एपमा रकम लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । कोरोना महामारीको यो परिस्थितीलाई मध्यनजर गरी घरैबाट भुक्तानी सहज बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । 

बैंक लिंक गरेपछि घरिघरि खल्तिमा पैसा लोड गर्नुपर्ने झन्झट रहँदैन । अकाउन्टबाट नै सिधै कुनै पनि बिलको भुक्तानी गर्न सकिनेछ ।  पानी, इन्टरनेट, बिजुली, राजस्व लगायत खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी सजिलैसँग गर्न सकिनेछ ।

खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले भुक्तानीको साथै आफ्नो बैंकबाट तुरुन्तै अर्को बैंकमा केहि सेकेन्ड मै रकम ट्रान्सफर गर्न सक्ने जनाएका छन् ।

बैंक लिंक कसरि गर्ने ? 

सेवाग्राहीले घरै बसेर सजिलैसँग खल्ती एपमा बैंक लिंक गर्न सक्छन् । यसको लागि खल्ती एपको ‘गृहपृष्ठमा देखाइएको ‘लिंक बैंक नाउ’ मा गई आफ्नो बैंक सेलेक्ट गर्नपर्ने हुन्छ । त्यसपछि आवश्यक सम्पूर्ण विवरण भरि ‘सब्मिट’ चयन गरेर रजिस्टर गरेपछि आफ्नो मोबाइल मा ‘ओटिपी पासवोर्ड’ पाइन्छ ।  ओटिपी पासवोर्ड राखिसकेपछि खल्ती खातासँग बैंक लिंक सजिलैसँग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै