Dark

कोरोनाको डेल्टा भेरिएन्टका कारण जिउ कुहिने र कान नसुन्ने समस्या देखा पर्यो

कोभिडको नयाँ भेरिएन्टका कारण भारतीय चिकित्सकहरूले मानिसको शरीरका अंग कुहिने र कान नसुन्ने समस्या देखिएको बताएका छन् । 

पुराना भेरिएन्टको भाइरसले यो समस्या नल्याएको उनीहरूको भनाइ छ । यो भेरिएन्ट अहिलेसम्मकै सबभन्दा संक्रामक भएको र यो निकै खतरनाक पनि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । 
 

भारतमा बी१६१७.२ वा डेल्टा भेरिएन्टका कारण लाखौं मानिस संक्रमित भएका थिए र अस्पताल भरिभराउ भएका थिए । कोभिडको लक्षणका साथै रोगीहरूमा कान नसुन्ने अनि रगत डल्लो परेर ग्यांग्रिन अर्थात् अंग कुहिएर फाल्नुपर्ने स्थिति समेत देखिएको छ । 

महामारी शुरू भएको एक वर्षभन्दा बढीको समयपछि नयाँ लक्षण देखिएबाट यो भाइरस अनुमान गर्न नसकिने किसिमको भएको एक चिकित्सकले बताए । 

यस भेरिएन्टका कारण भोक नलाग्ने, पेट दुख्ने, पखाला लाग्ने, जोर्नी दुख्ने जस्ता समस्या पनि आइलाग्छन् । 

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै