Dark

प्रदेश २ मा  काँग्रेसले तीन र माओवादीले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने

काठमाडौं । प्रदेश २ मा जनता समाज पार्टी (जसपा) यादव पक्ष नेतृत्वको सरकारमा काँग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएको छ । 

मंगलबार भएको सहमति अनुसार जसपाको यादव पक्ष नेतृत्वको सरकारमा कांग्रेस र माओवादी केन्द्र सहमतिसँगै अब सहभागी हुने निश्चित भएको छ । प्रदेश २ सरकारमा १० वटा मन्त्रालय रहनेछन् । 

स्रोतका अनुसार त्यसमध्ये पाँचवटा मन्त्रालय जसपाले राख्ने र बाँकी पाँच वटामा तीनवटा काँग्रेस र दुईवटा माओवादी केन्द्रले लिने सहमति भएको छ ।

जसपा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट निलम्बन गरेपछि काँग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्य गरेको हो ।  

यो सहमतिका लागि दुवै पक्षबाट छ सदस्यीय कार्यदल गठन भएको थियो । बुधबार बिहान एकपटक कार्यदलको पुनः बैठक बस्नेछ भने सहमतिलाई अन्तिम रुप दिइ सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि साँझमा नवनियुक्त मन्त्रीको शपथ हुने बताइएको छ ।

काँग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने स्रोतले बताएको छ । यसअघि मन्त्रालयलगायतका विषयमा काँग्रेससँग विभिन्न चरण छलछल भएपनि ठोस सहमति हुन सकेको थिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै