Dark

द लको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिममा ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने क्रममा भट्टको पक्षमा मतदान गर्ने द लको निर्णय उल्लंघन गरेको भन्दै  ७ जना प्रदेशसभा सदस्यलाई  एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ ।

मंगलबार मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा उनीहरुलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको हो ।

स्पष्टिकरण पत्रमा निर्धारित समयभित्र जवाफ नदिए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय विधानअनुसार कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

‘तपाईले एमाल, प्रदेशसभा संसदीय दलको निर्देशन उल्लंघन गर्ने गम्भीर अनुशासनहीन कार्य किन गर्नुभएको हो स्पष्ट खुलाई जेठ २६ गते ५ बजेभित्र एमाले, प्रदेशसभा संसदीय दलको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहोला, निर्धारित समयभित्र स्पष्टिकरण पेश गर्नुभएन वा चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन भने तपाईलाई एमाले, प्रदेशसभा संसदीय दलको विधान, २०७८ को माथि उल्लेखित व्यवस्था बमोजिम कारवाही हुने जानकारी गराइन्छ ।’ उक्त स्पष्टीकरणमा भनिएको छ ।

स्पष्टीकरण सोधिएका ७ जना सांसद अध्यक्ष ओली पक्षका हुन् भने संसदीय दलका नेता शाह खनाल नेपाल पक्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै