Dark

 प्रदेश २ को प्रदेशसभामा हंगामा, विपक्षी दलद्वारा सदन अवरुद्घ 

जनकपुर । प्रदेश २ को प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक विपक्षी दलले अवरुद्घ गरेका छन् । 

मंगलबार विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।

सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएकोे भँन्दै बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले उक्त निर्णय नसच्याएसम्म बैठक अवरुद्घ हुने बताए । 

कांग्रेस सांसद वीरेन्द्रकुमार सिंह र नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बताए । 

बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।

विपक्षी दल नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् । प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । तर सशर्त अनुदानको योजनालाई लिएर विवाद देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै