Dark

सुदूरपश्चिममा  मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिई कांग्रेस तटस्थ

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिई  नेपाली कांग्रेस तटस्थ बसेको छ ।

कांग्रेसका १२ जना सांसद मंगलबार मुख्यमन्त्री भट्टले लिएको विश्वासको मत लिने कार्यक्रममा सहभागी नभई तटस्थ बसेका हुन् ।
 

आज विहान बसेको सुदूरपश्चिम कांग्रेस सांसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको थियो । यद्यपी मुख्यमन्त्री भट्टले विश्वासको मत जुटाएका छन्। 

मतदानका लागि ५१ सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसदले मतदान गरेसंगै भट्ट नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।  

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि केन्द्रमा भएको गठबन्धनको आधारमा प्रदेशमा पनि भट्ट नेतृत्वको सरकारमा समर्थन गर्ने आँकलन गरिएपनि कांग्रेस तटस्थ भएर प्रतिपक्षमै बसेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै