Dark

एमाले सांसदले ‘फ्लोर क्रस’ गरेरै जोगाइदिए सुदूरपश्चिममा माओवादीको सरकार

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा एमाले असन्तुष्ट समुहका सांसदहरुले ‘फ्लोर क्रस’ गरी भट्टको पक्षमा मतदान गरेपछि उनी नेतृत्वको सरकार जोगिएको हो । 

 

 

 

प्रदेशसभाको मतदानमा उपस्थित ५१ सांसदमध्ये ३० सांसदले भट्टको पक्षमा मतदान गरेका छन् । एमाले संस्थापन पक्षका ७ जना र जनता समाजवादी पार्टीका २ जना सांसदले भट्ट नेतृत्वको सरकार विपक्षमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका १२ सांसद भने मतदानमा सहभागी भएनन् ।

नेकपा एमालेको असन्तुष्ट समुहको बहुमत भएको सुदूरपश्चिम प्रदेश सरकारमा  ‘फ्लोर क्रस’ गरी भट्ट नेतृत्वको सरकार जोगाइदिएको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
57 %
WOW
0 %
 Like
29 %
Laugh
0 %
Sad
0 %
Angry
14 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै