Dark

राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियोः मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली राजनीतिमा नयाँ प्रकारको कोभिड देखिएको बताएका छन् । 

सोमबार प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका हुन् । 

धुम्बाराही केन्द्रबिन्दु हुँदै फैलिएको राजनीतिक कोभिड १९ अहिले प्रदेश र स्थानिय सरकारमा देखिएको टिप्पणी गरे । उनले अहिले पनि त्यो कोभिडको संक्रमण जारी रहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले, ‘नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो । केन्द्रबिन्दु धुम्बाराही काठमाडौं,’ उनले भने, ‘कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन ।’

त्यो कोभिडबाट प्रदेश १ प्रदेशसभा र आफूहरु पनि प्रभावित भएको बताएका छन् । उस्तै दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । 

मुख्यमन्त्री राई आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै