Dark

रङको मूल्यमा १५ प्रतिशतसम्म वृद्घि हुुँदै

काठमाडौं । नेपाली पेन्ट्स कम्पनीहरुले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थसँगै आवश्यक सामाग्रीहरुको मूल्य बढेको जनाउँदा निशेधाज्ञापछि खुल्ने बजारमा रङको मूल्य ७ देखि १५ प्रतिशतसम्म बढेर आउने भएको छ ।

कम्पनीहरुले इनामेल र इमलसन दुवै रङका विभिन्न प्रडक्टको मूल्य बढाउने तयारीदेखि डिलरहरुलाई मूल्यसूची पनि पठाइरहेको जानकारी छ ।
 

उद्योगीहरुले कोरोना महामारीका कारण हवाई भाडा बढेकाले ढुवानी खर्च धान्न पनि मूल्य बढाउनु पर्ने बताउँछन् । 

उनीहरुले गत साल नै सरकारले कर बढाएको अवस्थामा रङको मूल्य बढाउन पर्ने हुँदा पनि कर वृद्धिलाई मूल्यमा समायोजन गर्दै जसोतसो बिक्री गर्दै आएको बताए ।

यसपाली भने कच्चा पदार्थसँगै अन्य आवश्यक सामाग्रीको मूल्य आकासिएपछि बाध्य भइ मूल्य बढाउनु पर्ने अवस्था आएको फेसन पेन्ट्सका निर्देशक शंकर बञ्जाडेले बताएका छन् । 

पेन्टस् कम्पनीहरुले २ सय ८० देखि २ सय ९० रुपैयाँमा किनिरहेको रङको बाल्टिनको मूल्य हाल ४ सय १० रुपैयाँ पुगेको जनाइएको छ । 

कोरोना महामारीको कारण नेपालमा वार्षिक ३५ देखि ४० प्रतिशतको एवम वार्षिक १६ अर्ब हाराहारीमा बिस्तार भइरहेको पेन्ट्सको कारोबार हाल शिथिल बनेको छ । यो बजार विशेषतः भवन, नयाँ घर, पूर्वाधारको निर्माणमा र होटलहरुमा निर्भर छ ।

जुन कोरोना महामारीको कारण गत वर्षदेखि निकै निस्क्रिय रहेको छ । जसले गर्दा बजारमा धेरै नै प्रभाव परेको उद्योगीहरु बताउँछन् ।

साधारण अवस्थामा दसैं–तिहारमा धेरै चहलपहल हुने यो बजार गत सालबाट उक्त अवधिमा पनि सुस्तिाएको छ । व्यवसायीले बताएनुसार गएका दसैं–तिहार करिब ६० प्रतिशतले बजार घटेको थियो ।

यसैगरी, यस्तो परिस्थितीमा घर, कार्यालय वा अन्य स्थानमा रङरोगन गर्न कामदार बोलाइ काम गराउन पनि जोखिम हुने भन्दै ग्राहकले सो कार्य पनि होल्ड गर्ने गरेको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै