Dark

कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदै

सुर्खेत । कर्णाली प्रदेशमा आजदेखि  आठौं तथा बर्खे अधिवेशन सुरु हुन लागेको छ । आज दिउँसो २ बजेदेखि कर्णाली प्रदेश सभाको बजेट अधिवेशन सुरु हुन लागेको हो ।

यो अधिवेशन आर्थिक बर्ष २०७८र०७९ को बजेट र नीति तथा कार्यक्रममा केन्द्रीत हुनेछ ।
 

प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए अनुसार सोमबार दिउँसो २ बजे बस्ने अधिवेशनको पहिलो वैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आह्वान पत्र पढेर सुनाउने, संसदमा गराउनुपर्ने अरु जानकारी गराउने र संसदीय दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । 

कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७८ ७९ का लागि ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको पनि  प्रदेश सभा सचिव बुढाथोकीले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै