Dark

माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आइतबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन् । पार्टी विभाजनको झन्डै तीन महिनापछि माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।  

गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्घमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए ।

सर्वोच्च अदालतले नेकपाको एकता भंग गरेपछि प्रदेशसभामा तत्कालिन नेकपा एमालेको एकल बहुमत रहेकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई कुनै संकट देखिएको छैन ।

सरकारका गतिबिधिविरुद्घ आलोचक रहेको माओवादी केन्द्रले बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । १५ दिन अगाडि प्रिबजेटको छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेको सरकारले बोलाएको प्रदेश सभाको अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।
संसदीय दलका नेता शेरधन राई माओवादी केन्द्रसमेतको समर्थनमा २०७३ फागुन ३ गते नेकपा एमाले मुख्यमन्त्री चयन भएका थिए ।एमाले र माओवादी मिलेर नेकपा भएपछि राई नै दलको नेता चयन भएका थिए ।

माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको बैठकले दलका नेताले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दलको नेतालाई दिएको थियो।

सरकारबाट अलग भएको र सरकारका गतिबिधि आलोचनायोग्य रहेकोले प्रतिपक्षी भूमिका निर्वाह गर्न सरकारको समर्थन फिर्ता लिएको दलका नेता आङ्बोले बताए।

प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् । सोमबार अपरान्ह २ बजे प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै