Dark

कर्णालीमा कांग्रेसबाट सहभागी २ मन्त्रीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले सरकारमा सहभागिता जनाएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा शनीबार नियुक्त भएका २ मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका हुन् । 

कर्णाली प्रदेशमा रिक्त रहेका मन्त्रालयहरु मध्ये जलश्रोत तथा ऊर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा  यज्ञबहादुर बिसीले जिम्मेवारी सम्हाल्दै सपथ लिएका हुन् । 

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको सपथ गराएका हुन् । पुनर्गठनपछिे कर्णाली प्रदेशमा मन्त्रिपरिषद अब आठ सदस्यीय बनेको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै