Dark

कर्णाली सरकारमा कांग्रेस भयो सहभागी, आज सपथ गराइँदै

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट २ जना मन्त्री सहभागी भएका छन् । वि.सं. २०७४ सालको निर्वाचनदेखि नै प्रतिपक्षमा बसेको कांग्रेसले शनिबारदेखि कार्णली प्रदेशबाट सरकारमा सहभागिता जनाएको छ । 

सर्वोच्च अदचालतले नेकपा विभाजन गरेर एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।


 

त्यस पश्चात मुख्यमन्त्री शाहीले आफ्नो सत्ताा जोगाउन विश्वासको मत लिएका थिए । मुख्यमन्त्री शाहीले लिएको विश्वासको मतमा एमालेका ४ जना सांसदले फ्लोर क्रस गरी मतदान गरेका थिए भने कांग्रेसको पूर्ण समथृन रहेको थियो । 

कांग्रेसबाट सरकारमा सहभागी भएका २ मन्त्रीको आज (आइतबार) पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको कर्णाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले खबर मुकामलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै