Dark

एमाले असन्तुष्ट समूहले अध्यक्ष ओलीसँग ६ बुँदे शर्त अघि सार्दै (यस्ता छन् ६ शर्त) 

काठमाडौं । नेकपा एमाले असन्तुष्ट समूहले पार्टी एकताका संस्थापन समूहका अध्यक्ष केपी शर्मा ओलीसँग ६ बुँदे शर्त अघि सार्ने निर्णय गरेको छ ।

असन्तुष्ट समूहका केन्द्रीय सदस्यहरुको बैठकले निकालेका निष्कर्षलाई स्थायी कमिटीमा छलफलपछि आजै सार्वजनिक गर्ने तयारी छ ।

 

अहिले असन्तुष्ट समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरुको बैठकमा भएको छलफलको निचोड अनुसार ओलीसँग एकताका लागि आफ्नो बटमलाइन तयार पार्न लागिएको हो ।

यी हुन् ६ बुँदे शर्तः

१. वरिष्ठ नेताद्वय नेपाल खनालसहित ११ जनामाथि गरिएको कारबनही फिर्ता गर्नुपर्ने
२. सबै कमिटि २०७५ जेठ १४ मा फर्काउनुपर्ने 
३. स्थायी कमिटिको बैठक सहमति भएकै दिन बोलाउनुपर्ने
४. कमिटि मिलाउन तत्काल कार्यदल बनाउनुपर्ने
५. नवौं महाधिवेसनको निर्णयबमोजिम अघि बढ्न तयार हुनुपर्ने र 
६. प्रतिनिधि सभा विघटन गलत हो भन्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
55 %
Sad
0 %
Angry
45 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै