Dark

ओलीले पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे- योगेश भट्टराई

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन चाहेको आरोप लगाएका छन् । 

एमालेबाट कारवाहीमा परेका माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई शुक्रवार सम्बोधन गर्दै भट्टराईले ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका हुन् ।  

‘अहिले पार्टीमा अन्तरसंघर्ष छ, त्यो एकता र रुपान्तरणको चरणमा छ । अहिले हामीले पार्टी विभाजन गर्‍यौं भने दोष हामीमा जान्छ, ठूलो पार्टी पंक्ति एमालेको पक्षमा छ,’ भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘हामीलाई यताउता सोच्ने हो भने माधव नेपालले अर्को कार्यदल बनाउन सक्नुहुन्छ । आठौं र नवौं महाधिवेशनपछि हामी केपी प्रवृत्तिको विरोधमा छौं । तीमध्ये कतिपय साथीहरूले केपीलाई नै सघाउनु भएको छ, अहिले हामीलाई बदनाम गर्न लागिपर्नु भएको छ ।’

पार्टी एकता जोगाउन सकिन्छ कि भनेर नेताहरूसँगको सल्लाहमै आफूहरूले संस्थापन पक्षका नेतासँग छलफल गरेको भट्टराईले बताए । 

‘आज केपीलाई बोकेर विदेशीले नेकपा फुटाए, अहिले एमाले फुटाउन लागेका छन् । केपी ओलीले आफ्नो पद सुरक्षित गर्न मधेशी दल, भारतीय र पश्चिमासँग साँठगाँठ गरिरहेका छन् । त्यसो भएर यो पार्टी जोगाउने जिम्मा केपीको होइन, हाम्रो हो’ भट्टराईले भने ।  

ओलीले पार्टी भन्दा आफुलाई सर्वेसर्वा ठानेको र आफ्नो पद जोगाउनकै लागि मधेसवादी दलसंग सत्ता सहकार्य गर्न लागेको आराप लगाएका छन् । एकताको प्रयासमार्फत् पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न नमिल्ने दाबी गरेका थिए ।

यस्तै उक्त कार्यक्रममा बोल्दै भट्टराईले ओली प्रवृत्तिविरुद्घ आफूहरूले आठौं र नवौं महाधिवेशनदेखि नै संघर्ष गर्दै आइरहेको बताएका छन् । 

पार्टी एकता जोगाउन सकिन्छ कि भनेर आफुहरु संस्थापन पक्षका नेताहरुसंग छलफल गरीरहेको समेत बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
33 %
WOW
0 %
 Like
67 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै