Dark

रुपन्देहीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो

रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लागि लम्बिएको छ ।

कोरोना  संक्रमणको जोखिममा कमी नआएपछि निषेधाज्ञा थप्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदै थियो । आज दिउँसो १ बजे डिसिएमसीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 
 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जिल्लामा कोरोना संक्रमणको दर घटे पनि जोखिम कायम रहेकाले निषेधाज्ञाको समय थप भएको बताएका छन् । 

कोरोना दोस्रोे लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा निरन्तर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै