Dark

लुम्बिनी प्रदेशः कोभिडकेन्द्रित बजेट ल्याउने तयारी  

रुपन्देही । लुम्बिनी प्रदेशले कोभिड नियन्त्रण र रोकथाम, आय विस्तार र आर्थिक वृद्घि, विनियोजन सुधार र आय प्रणाली, खर्चमा सुधार, आर्थिक सुशासन र पारदर्शीतालाई प्राथमिकतामा राखेको बताएको छ । 

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत आजको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने विनियोजन विधेयकका सिद्घान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीलाई विनियोजन विधेयक छलफलको प्रस्तावका लागि समय दिएका थिए ।

उक्त समयमा बोल्दै मन्त्री चौधरीले विधेयकको आवधिक योजनामा आधारित रहेर योजना बनाएको बताएकी थिइन् ।

कोरोना महामारीलाई केन्द्रमा राखेर योजना बनाएको, अर्थतन्त्र चलायमान, स्वास्थ्यमा नागरिकको पहुँच, लगानीमैत्री वातावरण र रोजगारीको व्यवस्थापन, प्रदेश सरकारको सेवा प्रवाह बढाउने र प्रदेशले शुरू गरेको योजना समयमै पूरा गराउने उद्देश्य राखेको मन्त्री चौधरीले जानकारी दिएका हुन् । यो विषयमा संसदहरूले आफ्नो धारणा राख्न शुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै