Dark

प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गतेदेखि बोलाउने 

मोरङ ।  प्रदेश १ को आज सम्पन्न मन्त्रीपरिसदको बैठकले प्रदेशको बर्खे अधिवेशन २४ गते बस्ने निर्णय गरेको छ ।  २ बजे बस्ने निर्णय गरेको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए अनुसार बर्खे अधिवेशनका लागि मन्त्रीपरिषद बैठकले गरेको निर्णय प्रदेश प्रमुख सक्षम सिफरिस गरिनेछ ।

विपक्षी दलहरुले प्रदेश सरकारले प्रिबजेट छलफलको समय गुमाइसकेको  र  सरकारले असार १ गते प्रदेशको बजेट ल्याउनुपर्ने भन्दै  आलोचना गर्दै आएका छन् । 

विपक्षी दलहरुले अधिवेशन समयमै बोलाउन भन्दै मुख्यमन्त्री शेरधन राईलाई भेटेका थिए । सरकारले बजेट अधिवेशन बोलाउने समय लम्ब्याउँदै गएकाले अध्यादेशबाट बजेट ल्याउन सक्ने जनाउँदै विपक्षी दलहरुले प्रदेश सरकारको आलोचना गर्दै आएका छन् । 

मुख्यमन्त्री शेरधन राईले विपक्षी दलको बैठकमा बोल्दै प्रिबजेटका लागि समय पर्याप्त नभए पनि जेठ अन्तिम हप्ता बजेट अधिवेशन बोलाउने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै