Dark

अब इन्टरनेट र टेलिफान सेवा पनि अत्यावश्यक सेवामा

काठमाडौं । अब नेपाल सरकारले इन्टरनेट र टेलिफान सेवालाई पनि अत्यावश्यक सेवाको सूचीमा समावेश गर्दै छ ।

सरकारले इन्टरनेट सेवालाई आवश्यक सेवामा समावेश गरी हडताल तथा बन्द गर्न निषेध लाएको छ ।
 

गृह मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी हडताल निषेध गर्ने क्षेत्रहरु उल्लेख गरेको जनाइएको छ । जहाँ सरकारले आवश्यक सेवा ऐन २०१४ को दफा ३ को उपदफा १ मा भएको अधिकारको प्रयोग गरी सो आदेश जारी गरेको हो । 

सरकारले यसअघि नै टेलिफोन सेवा तथा सञ्चार सेवालाई हडताल गर्न नपाईने निषेधको सूचीमा राखेको जानकारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  म्यानेजमेन्ट बैठकले केहि समयअघि इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राख्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै