Dark

चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउने

चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलि (मंगलबार)सम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सो खोप लिन नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज (सोमबार) राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ र सो विमान बेइजिङबाट भ्याक्सिन लिई मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ । मंगलबार रातिसम्म चिनियाँ खोप नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै