Dark

एनसेलको वेबसाइटमा नयाँ भर्सनको अपडेट, प्याक खरिदमा बोनस अफर

काठमाडौं । एनसेलको वेबसाइटमा नयाँ भर्सनको अपडेट आएसँगै प्याक खरिदमा बोनस अफरको थप सेवा सुविधा पनि ल्याइएको छ । 

वेवसाइटको नयाँ अपडेटले एनसेल प्रयोगकर्ताहरुलाई भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्जलगायतको सेवा एपबाटै गर्न सक्ने सुविधा ल्याएको छ । वेबसाइटलाई डाउनलोड गरि हामीले सजिलै उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सक्नेछौँ ।

कम्पनीले कोरोना महामारीमा घरमै बस्नुपर्ने परिस्थितिमा ग्राहकको सुरक्षा र सञ्चार सेवामा ध्यान केन्द्रित गर्दै डिजिटल अभियान सुरू गरेको छ । यसै अभियान अन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालन यसअघि नै ल्याएको थियो । 

एनसेलले हालको अवस्थामा केही थप अफरहरु ल्याए सर्वसाधारणलाई धेरै सहयोग हुने विश्वासले थप बोनस अफर ल्याएको छ । 

वेबसाइटबाट प्याक खरिद गर्ने प्रयोगकर्तालाई प्याक खरिद गर्दा १ सय प्रतिशतसम्म थप भोल्युमसहित आकर्षक अफरहरु दिने एनसेलले जनाएको छ । उपभोक्ताहरुले वेबसाइटबाट प्याकको खरिद गर्दा विशेष अफरअन्तर्गत १ सय ५० एमबीदेखि २ जीबीसम्म बोनस डाटा पाउनेछन् ।

एनसेलले एक दिनको प्याक (१८ रुपैयाँ), सात दिनको प्याक (९८ रुपैयाँ), १४ दिनको प्याक (१ सय ३९ रुपैयाँ) र ट्रिपल मजा अन्तर्गत सात दिनको प्याक (१ सय ९ रुपैयाँ), १० दिनको प्याक (१ सय ४७ रुपैयाँ) र ३० दिनको प्याक (४ सय ५९ रुपैयाँ) मा थप शून्य दशमलव ५ जीबीदेखि शून्य दशमलव ७५ जीबीसम्म बोनस डाटा दिने जनाएको छ । 

त्यस्तै, केही प्याकमा उपभोक्ताले डबल डाटा पाउनका साथै अलवेज अन डेटा प्याकको खरिदमा ३ गुणा बढी डे डाटा पाउनेछन् । 

यश सेवा प्रदायक कम्पनीले चाँडै नेपाली संस्करणको नयाँ वेबसाइट पनि सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै