Dark

 कोरोनामुक्त विष्णुप्रसाद दाहालको सुझावः कोरोना डरभन्दा भयानक हैन, आत्मबलभन्दा ठूलो औषधि छैन

  • विष्णुप्रसाद दाहाल
त्यसोभए १० दिनसम्म सेप्रेट नै बस्नुहोला । १० दिनपछि कोरोना कोविड १९ को भाइरस आफैँ नर्मल भएर जान्छ । कसैलाई सर्दैन, नआत्तिकन बस्नुहोला । स्वास्थ्यमा केही समस्या भएमा टोल फ्रि नम्बर १११५ मा फोन गर्नुहोला, घण्टी बज्छ, फोन उठेन भने पनि कल फरवार्ड हुन्छ । हामी कल ब्याक गर्छौँ ।

२०७७ साल चैत्र १९ गते ह्याइटहाउस इन्टरनेशनल कलेज तीनकुने काठमाडौँका शैक्षिक निर्देशक श्री छत्र न्यौपानेले पिसिआर चेक गराउने सुझाब दिनुभयो । उहाँकै सल्लाह अनुसार काठमाडौँ महानगरपालिकाले कोविड १९ को रोगथामलाई मध्यनजर गर्दै भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा निशुल्क परीक्षणको व्यवस्था बिहान १० बजेदेखि ३ बजेसम्म हुन्छ जानुहोला भन्नुभएको थियो ।

सोहीअनुसार म २० गते बिहान १० बजेनै त्यहाँ पुगेँ, तर कर्मचारी स्वस्थ्य मन्त्रालय गएका रहेछन् । आधा घण्टापछि आउनुहुन्छ भन्ने खबर आयो, समयको प्रतिक्षा गर्दागर्दा १ बजे मात्र स्वास्थ्यका कर्मचारीको आगमन भयो । आउनेबित्तिकै बिलम्ब नगरीकन काम सुरु गरे । फारम पनि उनीहरूले नै भरे । त्यतिबेलासम्ममा हामी १२ जना जम्मा भएका थियौँ । सबैको फारम भरिसकेपछि स्वाब लिने ठाउँमा गइयो र १ नं. मा नै स्वाब दिइयो । कर्मचारी महोदयले राति १० बजेतिर मोबाइलमा रिपोर्ट आउने जानकारी गराए । त्यसपछि आफ्नो बासस्थानतिर लागियो ।

राति ९ बजेर १२ मिनेटमा मोबाइलमा म्यासेज आयो । युजर. ६९७८३७, पास. दाहाल, प्लिज भिजिट डब्लुडब्लुडब्लु. एनपिएचएल. जिओभि. एनपि भनेर लेखिएको थियो । हत्तनपत्त सोहीअनुसारको काम गरेर हेरेँ । रिपोर्ट त पोजेटिभ आएछ ! तर म ढुक्क थिएँ । मलाई कोरोना लागेको छैन भनेर म पनि सुतेँ ।

२१ गते शनिवार परेको हुनाले कलेज जानु पनि परेन, तर सतर्क भएँ । बिहान अष्ट्रेलियाबाट छोराले सोध्यो, बालकोटबाट छोरीले सोधिन्, डेडी रिपोर्ट के आयो ? ठिकै आयो भनेर जवाफ दिएँ । घरपरिवारमा पनि ठिकै आयो भनेँ, तर मनमा भने केही खुल्दुली भयो । आफूलाई सधैँझैँ नै प्रस्तुत गरेँ । कसैलाई थाहा नैै भएन । देब्रे हातमा केही समस्या आयो । भित्रभित्रै दुख्यो । नजिकैको मेडिकल पसलमा गएर हात दुखेको कुरा गरेँ । पसलेले नशामा केही भयो होला भनेर नशा सम्बन्धी दुई खालका ट्याब्लेट दिइन् । दिनमा दुईपल्ट एकएकवटा खाना खाएपछि खानु भनिन् । सोही अनुसार त्यो औषधि खाएँ । दुखाई कम भयो । दोस्रो दिन दिनभरि घरैमा बसेँ ।

सरर रिपोर्ट हेरेर सुतेँ तर निन्द्रा लागेन मनमा अनेक ...। ३ बजेर ३० मिनेट भैसकेछ, मन दह्रो पारेर निदाउन खोज्छु, तर निन्द्रा लाग्दैन । त्यो रात ननिदाईकन उज्यालो भयो । यो कुरा परिवारका सदस्यहरुलाई भनिन किनकि आत्तिन्छन्, निराश हुन्छन्, चिन्ता लिन्छन् भन्ने लाग्यो । सबै घटनालाई मनमा दबाएर राखेँ । रात बित्यो, उज्यालो भयो ।

२२ गते समान्य दिनचर्या रह्यो । शरीरमा कुनै परिवर्तन देखा परेन ..आएन । सदाझैँ नै ..तर सचेत हुँदै दैनिकी चल्यो । कतै केही शंका भएन ।
२३ गते पनि अरु दिनजस्तै सामान्य दिनचर्या चलिरह्यो । अलिक सञ्चो भएन भनेर कलेज गइनँ । घरैमा बसेर काम गरियो । नातिनीहरु अनुष्का र एरियना स्कुल गए । श्रीमतीजीले कलेज किन नजानु भएको भनी सोधिन् ? कलेज बिदा छ भनेर ढाँटेँ । मन नलागी नलागी ढाँटेकोमा गिल्टी फिल भयो तर पनि .. ।

पाँचौँ दिन अर्थात् २४ गतेका दिन बिहान १० बजेर ४५ मिनेटमा अपरिचित नम्बरबाट फोन आयो । आवाज महिलाको, “तपाईं विष्णुप्रसाद दाहाल हो ? कहाँ हुनुहुन्छ ? तपाईंसँग केही कुरा बुझ्नुछ ? तपाईंको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ? कति दिन भयो ? स्वास्थ्यमा केही समस्या छ ? ट्वाइलेट, बाथरुम, कोठा सेपेरेट छ कि छैन ? तपाईंको आफ्नो घर हो कि भाडामा ?” मैले एकोहारो सुनिरहेँ र केही समयपछि भने जवाफ फर्काउन बाध्य भएँ । “हो, म नै हुँ, भन्दै क्रमश जबाफ दिएँ ।  घरमा नै छु, हो, पोजेटिभ आएको छ, पाँच दिन भयो । स्वास्थ्यमा केही समस्या छैन, आफ्नै घर हो । सबै कुरा सेपेरेट छन् ।”

त्यसपछि उनले भनिन् “त्यसोभए पुनः एकपल्ट चेक गराए हुन्छ ।” मैले भनेँ “आज होइन भोलि जान्छु” । उनले नम्र स्वरमा हुन्छ भनिन् यसरी नै सौहाद्धपूर्ण वातावरणमा कुराकानी भयो । कलेज गइनँ, तर अब भने दिनभर मनमा अनेकन कुरा खेलेर हैरान भएँ ।

सोहीअनुसार २५ गते बिहान छत्र सरलाई फोन वार्ताको सबै कुरा जानकारी गराएँ । उहाँले ठिकै छ त्यसो भए चेक गर्न जानुहोस् न त भन्नुभयो । कक्षाका लागि पिबिटी सरलाई एक कल गर्नुहोला, अहिले उहाँले हेर्नु हुन्छ । मैले पनि सोहीअनुसार उहाँलाई फोन गरेँ । उहाँले पनि हाँस्दै भन्नुभयो, ल ठिक छ जानुहोला । कलेज नगईकन बसेँ । बिहान ११ बजे सम्बन्धित ठाउँमा पुगेँ । पहिलेझैँ फारम भरेर स्वाब दिएर आएँ । कतै गइनँ अलिक मनमा चस्स भयो । दिनभर घरको घरैमा मनमा अनेक कुरा खेल्न थाले, तर मनलाई दह्रो बनाउने कोसिस गर्दै बसेँ । राति ११ बजेर ३० मिनेमा मोबाइलमा घण्टी बज्यो । म्यासेज आयो । उठेर उक्त म्यासेज हेरेँ । फेरि पनि पोजेटिभ ! अनि पो ...।

त्यसपछि त मेरो मन हलुङ्गो भएर आयो । रातभरिको अनिदो भुसुक्क निदाएँछु । एकैचोटि ३ बजे पो खाजा खान बोलाउँदा ब्युझिएँ । खाजा खाँदै थिएँ, अष्ट्रेलियाबाट छोरा बुहारीले भिडियो कलफोन गरे । रिपोर्टका बारेमा सोध्दै बोल्नै पर्यो । माक्स लगाएको थिएँ, घरमा बसेर माक्स लगाएको देख्दा कान्छो त डेडी भनेर केही क्षण ... ।

सरर रिपोर्ट हेरेर सुतेँ तर निन्द्रा लागेन मनमा अनेक ...। ३ बजेर ३० मिनेट भैसकेछ, मन दह्रो पारेर निदाउन खोज्छु, तर निन्द्रा लाग्दैन । त्यो रात ननिदाईकन उज्यालो भयो । यो कुरा परिवारका सदस्यहरुलाई भनिन किनकि आत्तिन्छन्, निराश हुन्छन्, चिन्ता लिन्छन् भन्ने लाग्यो । सबै घटनालाई मनमा दबाएर राखेँ । रात बित्यो, उज्यालो भयो ।

२६ गते बिहान सधैँभन्दा छिटो उठेर छतमा गएँ । श्रीमतीलाई चाहीँ भन्नुपर्यो भन्ने लाग्यो र तल झरेँ, उनी उठिसकेकी रहिछन् । बिस्तारै रिपोर्ट आएको कुरा सुनाएँ र माथि सेपेरेट कोठामा गएँ । अब सबै कुरा कोठैमा ल्याइदिनु भन्दै बन्दी बस्दाझैँ कोठामा बसेँ । नातिनीहरु आउँछन् भनेर सतर्क भएँ । उनीहरुको स्कुल लागेको हुनाले उठेर खाना खाएर स्कुल गएछन् । उनीहरुले पत्तै पाएनन् । कलेजमा छत्र सर र मुकुन्द सरलाई जानकारी गराएँ । रातभरिको अनिदो, बिहान खाना खान पनि त्यति मन लागेन । अरुहरुले अस्वस्थ भएको थाहा नपाऊन् भन्ने भयो ।

आफूले आफैँलाई सह्माल्नु वेश ठानेँ, दिमागलाई एकतृत गर्नु राम्रो हुन्छ भन्ने सोच आयो र कथा लेख्ने अठोट गरेर कलम चलाउन सुरु गरेँ । ‘कोरोना सभा’ शीर्षकको कथा लेख्न सुरु गरेँ । त्यति नै बेला स्वास्थ्य सेवा विभागबाट म विशाल सर बोलेको भन्दै लेन लाइनबाट फोन गर्नुभयो । “तपाईंसँग कुरा गर्न मिल्छ ?” मिल्छ, भनेपछि कुराकानी सुरु भयो । “तपाईंलाई कस्तो छ ? रुघा खोकी लागेको छ कि छैन ? जिउ दुख्ने, ज्वरो आउने, पखाला लाग्ने कुनै लक्षण छन् कि छैनन् ?” छैन, सामान्य अवस्थामा नै छु, सर । “ट्वाइलेट बाथरुम कसरी प्रयोग गर्नुभएको छ ?” सबैथोक सेपेरेट छ भनेर जवाफ दिएँ । त्यसपछि उहाँले भन्नुभयो, “त्यसोभए १० दिनसम्म सेप्रेट नै बस्नुहोला । १० दिनपछि कोरोना कोविड १९ को भाइरस आफैँ नर्मल भएर जान्छ । कसैलाई सर्दैन, नआत्तिकन बस्नुहोला । स्वास्थ्यमा केही समस्या भएमा टोल फ्रि नम्बर १११५ मा फोन गर्नुहोला, घण्टी बज्छ, फोन उठेन भने पनि कल फरवार्ड हुन्छ । हामी कल ब्याक गर्छौँ ।”

त्यसपछि त मेरो मन हलुङ्गो भएर आयो । रातभरिको अनिदो भुसुक्क निदाएँछु । एकैचोटि ३ बजे पो खाजा खान बोलाउँदा ब्युझिएँ । खाजा खाँदै थिएँ, अष्ट्रेलियाबाट छोरा बुहारीले भिडियो कलफोन गरे । रिपोर्टका बारेमा सोध्दै बोल्नै पर्यो । माक्स लगाएको थिएँ, घरमा बसेर माक्स लगाएको देख्दा कान्छो त डेडी भनेर केही क्षण ... । मैले भनेँ सामान्य छ कान्छो । केही समस्या छैन, तर सधैँ हाँसीहाँसी धेरैबेर गफ गर्ने छोरो । अलिक कियर गर्नु है डेडी भन्दै फोन राख्न खोज्यो । उसले अलिक चिन्ता लिएजस्तो लाग्यो । मैले केही हुँदैन हो, कान्छा भनेँ । उसले त भोलि फोन गर्छु ल भन्दै फोन राख्यो ।

केही समयपछि तल बैठक रुममा जानु पर्यो भनेर झरेँ । त्याहाँ त बहिनी, ज्वाइँ, भाइबुहारी, छोरी कोपिला र सीता समेत आएका रहेछन् । म त भित्र पसुँ कि बाहिरै बसुँ भनेर दोधारमा परेँ । अप्ठ्यारो मान्दै भित्र त पसेँ तर नबसीकन उभिइरहेँ । उनीहरुलाई थाहा भयो । छोरी सीता स्वास्थ्यकर्मी भएकाले केही सान्त्वना दिने काम गरिन् । एकैछिनमा नै म आफ्नो कोरोना बन्दी कोठातिर लागेँ, र कथा लेखन कार्यमा लागेँ । उनीहरु कतिखेर गए ... ? म एकोहोरो भएर लेखन कार्यमा जुटेँ । पत्तैनपाइकन पो एउटा समसामयिक कथा ‘कोरेना सभा’ तयार पारेँछु । साँझ पर्यो, खाना खाएँ र गुर्जो पानी खाएर सुतेँ ।

२७ गते पहिलो रिपोर्टको आठौँ दिन दोस्रो रिपोर्टको तेस्रो दिन बिहान कतैबाट पनि फोन आएन भन्दै थिएँ । १० बजेर ३८ मिनेटमा स्वास्थ्य सेवा विभागबाट भन्दै मोबाइलबाट अनिता म्यामले फोन गर्नुभयो । तपाईं कल्याण चौधरी हो ? मैले, होइन त म विष्णु दाहाल हुँ भनेँ । यो नम्बर दिएको रहेछ । तपाइँले पनि पिसिआर परीक्षण गराउनुभएको थियो ? थिएँ, रिपोर्ट पोजेटिभ आयो । पहिलो पिसिआरको आठ दिन, दोस्रोको तीन दिन भयो भनेँ । उहाँले पनि विशाल सरले झैँ, “स्वास्थ्यमा केही समस्या छ ? टाउको दुख्ने, रुघाखोकी, घाँटीदुख्ने, ज्वरो आउने, अन्य केही समस्या छन् कि ? मैले सबै सामान्य भएको ब्यहोरा दर्शाएँ । उहाँले पनि विशाल सरकै झैँ कुरा गर्नुभयो । १० दिनपछि हल्का बाहिर निस्कँदा हुन्छ । दुईपल्ट चेक गराइसक्नु भएछ अब तेस्रो पटक नगराए पनि हुन्छ, केही फरक पर्दैन । केही समस्या आएमा टोल फ्रि नम्बर १११५ मा कल गर्नु होला ।”

दिउँसो २ बजे छोरीले फोन गरिन् । सामान्य कुराकानी भयो । म त कथा लेख्दै छु भनेँ । केही समयपछि कान्छा छोराले फोन गर्यो । छोरा बुहारीले नै सामान्य कुराकानी गरे । आफ्नो ख्याल गर्नुहोला भन्दै फोन राखिहाले । फोनमा धेरै बोल्न चाहेनन् किन ..? बेलुकीपख जेठी बुहारीले पोर्चुगलबाट अडियो कल गरिन् । सामान्य कुराकानी भयो । उसलाई पोजेटिभ रिपोर्ट आएको कुरा भनिन् ।

स्वास्थ्यमा केही समस्या छ ? टाउको दुख्ने, रुघाखोकी, घाँटीदुख्ने, ज्वरो आउने, अन्य केही समस्या छन् कि ? मैले सबै सामान्य भएको ब्यहोरा दर्शाएँ । उहाँले पनि विशाल सरकै झैँ कुरा गर्नुभयो । १० दिनपछि हल्का बाहिर निस्कँदा हुन्छ । दुईपल्ट चेक गराइसक्नु भएछ अब तेस्रो पटक नगराए पनि हुन्छ, केही फरक पर्दैन । केही समस्या आएमा टोल फ्रि नम्बर १११५ मा कल गर्नु होला ।

लेखन कार्य भने जारी नै राखेँ । उक्त कार्यलाई निरन्तरता दिने सोचलाई अगाडि बढाइयो । ‘विमाको एजेण्ट’ शीर्षकमा समसामयिक विषय वस्तुलाई समेटेर कथा लेख्न सुरु गरेँ । विमा कम्पनीका एजेण्टहरुले के कसरी विमा गराउनका लागि प्रभावित पार्छन् भन्ने जानकारीमूलक कथा लेखन कार्यलाई अगाडि बढाएँ । दिनभरमा त्यसलाई पूरा गर्न सफल भएँ । त्यस दिन कतैबाट पनि फोन आएन ।

२८ गते किहान चियानास्ता खाएर उही कार्यलाई निन्तरता दिने निधो गरेँ र अगाडि बढेँ । ‘कोरोना’ शीर्षकमा दैनिकी लेख्ले मुढ आयो । लेखन कार्यलाई सुचारु गरेँ । सुरुको अवस्थादेखिका टिपोटहरूलाई सम्झदै कोर्दै गर्न थालेँ । यस दिनसम्मका घटनाक्रमहरूलाई लिपिबद्ध गर्ने कोसिस गरेँ । यसै कार्यमा लाग्दा लाग्दै यस दिनलाई सकुशल पार गराएँछु पत्तैभएन ।

२९ गते बिहान उठेर दैनिक नित्यकर्म सकेपछि बन्दी कोठामा बसेर के गर्ने भनेर सोच्न थालेँ । स्वास्थ्य सेवा विभागका ती मृदुभाषी कर्मचारीहरूका सारगर्भित, हृदयस्पशीर्, मनोवैज्ञानिक आत्मबलयुक्त उपचारमूलक मीठो बोलीको स्मरण गर्दै बाहिरी वातावरणसँग घुलमिल हुन बैठक कोठासम्म निस्केँ । नातिनीहरू स्कुल गएका रहेछन् । त्यहाँ एकछिन बसेर पुनः नजरबन्दी कोठातिर लागेँ ।

३० गते बिहान भने मनमा उब्जेका अनेकन तर्कनाहरूमा परिवर्तन आको महसुस भयो । दिमागमा पनि अप्ठ्यारो नभएकोजस्तो फिलिङ भयो । बल्ल कोरोनालाई पछारेको अनुभूति भयो । आफ्नो सधैँ सुत्ने कोठासम्म जाने आँट आयो र गएँ । कताकता आफैँलाई अप्ठ्यारो वातावरणको महसुस भयो र केहीछिन बैठक कोठाको एउटा कुर्सीमा बसिरहेँ । पुनः उही कोठामा नै फर्कनु वेश ठानेर गएँ ।

३१ गते धेरै हलुका भएको महसुस भयो । तातो पानीले नुहाइधुवाइ गरेर छतमा गई आराम गरेँ । घाममा बस्दाबस्दै त्यहीँ निदाएँछु । बेलुकीपख करेसाबारीसम्म झरेर तरकारीमा यसो पानी हाल्ने काम गरियो । भोलिदेखि २०७८ साल, छरछिमेकमा नयाँ वर्ष मनाउने होहल्ला सुनिन्छ, तर आफ्नो भने ....।

भोलिपल्ट २०७८ साल वैशाख १ गते सबैले नयाँ वर्ष मनाए, कोही घुम्न गए त कोही घरैमा रमाइलो गरेर बसे । हाम्रो परिवार भने आपूm आपूmमा कुरा गरेर बस्यौँ । नातिनीहरु पनि विचरा ....।

२ गते बिहानदेखि भने नातिनीहरूसँग खुलियो, तर पनि उनीहरूको जिज्ञाशालाई मेट्न खुलेर सकिएन । भोलि पिसिआर चेक गराउन जाने भन्ने श्रीमान श्रीमतीको सल्लाह भयो । छोरालाई पनि जानकारी गराइयो । खाना खाइसकेपछि पुनः नजरबन्दी कोठामा नै बास बसियो ।

अघिल्लो दिनकै सल्लाहअनुसार ३ गते श्रीमती पार्वता र म आफ्नै साधनमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्पडेस्क भृकुटी मण्डपमा गयौँ र स्वाब परीक्षणका लागि लाइनमा बस्यौँ । श्रीमतीजीको ४ नम्बरमा र मेरो ५ नम्बरमा स्वाब दिने पालो आयो सोही अनुसार ११ बजेतिर स्वाब दिएर घर फर्कियौँ । परीक्षणको रिपोर्टको प्रतिक्षामा दिन बित्यो । बेलुपख हावाहुरीसहितको असिना पानी पर्यो । धेरै समयपछि आएको पानी आएको, खाना खाएर सुतियो । मौसम परिवर्तन भएकोले निन्द्रा राम्ररी लागेछ । राति रिपोर्ट हेर्न पनि उठिएन, मस्त निदाइएछ ।

मेरो पहिलो रिपोर्टभन्दा दोस्रो र तेस्रोमा क्रमशः सुधार भएको पाएँ । मन बुझाएँ, आत्मबल दह्रो पारेँ । नेगेटिभ देखाएकोमा २४, २५ र ३० भएकाले इन्प्रुब (सुधार) भएछ भनेर म ढुक्क भएँ । सबैलाई सुधार भएछ भनेँ । मलाई ढुक्क थियो । स्वास्थ्य सेवा विभागका कर्मचारीको मनोचिकित्सक परामर्शले मेरो आत्मबल बलियो बनिसकेको थियो ।

एकैचोटि बिहान ७ बजे मोबाइल खोलेर रिपोर्ट हेरेँ । फेरि पनि पोजेटिभ नै ....! अब के गर्ने ? श्रीमतीको पनि मोबाइल खोलेर हेरेँ, उनको भने नेगेटिभ आएको रहेछ । मेरो पहिलो रिपोर्टभन्दा दोस्रो र तेस्रोमा क्रमशः सुधार भएको पाएँ । मन बुझाएँ, आत्मबल दह्रो पारेँ । नेगेटिभ देखाएकोमा २४, २५ र ३० भएकाले इन्प्रुब (सुधार) भएछ भनेर म ढुक्क भएँ । सबैलाई सुधार भएछ भनेँ । मलाई ढुक्क थियो । स्वास्थ्य सेवा विभागका कर्मचारीको मनोचिकित्सक परामर्शले मेरो आत्मबल बलियो बनिसकेको थियो । उहाँहरुले १० दिनपछि चेक नगरे पनि हुन्छ, केही हुँदैन भन्ने विश्वास दिलाउनु भएको थियो । सोहीअनुसार म अगाडि बढेँ ।

त्यसपछि पनि लेखन कार्यलाई निरन्तरता दिँदै एउटा कविता लेख्ने निधो गरेँ र ‘कोरोना’ शीर्षकको एउटा कविता लेखेँ र श्रीमतीलाई सुनाएँ । कहिलेकाहीँ पहिला पनि यसो कथा, कविता, निबन्ध छिटफुट लेख्थेँ । ती पनि सङ्कलन गरेर एउटा ‘नवरस’ नामक कथासंग्रह प्रकाशन गर्ने अठोट गरेँ । अन्त्यमा डरभन्दा भयानक कुनै कोरोना भाइरस छैन अनि आत्मबलभन्दा ठूलो अर्को औषधि छैन रहेछ भन्ने बोध गरेँ । यसरी नै बिते मेरा कोरोना करहका दिन ।

हाल महालक्ष्मी न.पा. ३, ललितपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै