Dark

न्यूज बेच्ने र भ्यूज किन्ने मिडियाको होडबाजीले कोरोना संक्रमितको आत्मबल कमजोर बनाइरहेको छ

रस्मिता कार्की । कोरोना संक्रमणदर बढेर  विश्व नै आक्रान्त बन्दै गइरहेको छ । यो कुरामा नेपाल पनि अछुतो छैन । नेपालमा पनि दिनानुदिन संक्रमणको बढ्दो छ र मृत्युदर पनि । कुन बेलामा कसको अन्तिम दिन हुन्छ भन्ने नै थाहा नहुने बेला पनि आइसकेको छ ।

सर्वसाधारण मानिसको दैनिकी पाइला पाइलामा डर त्रासले बितिरहेको छ । आँखाअगाडि आफन्त गुमाउनुको पिडा जसलाई परेको छ उसले मात्र बुझ्न सक्छ । 

अस्पतालको बेडमा मृत्युसँग लडिरहेको मानिसको परिवारलाई हेर सरकार अक्सिजन नपाएर एउटा बेडमा छट्पटिएको छ भने अर्को आफ्नो मान्छे केही हुन्छ कि भनेर अक्सिजन खोज्न भौँतारिइरहेको हुन्छ । यस्तो गम्भीर अवस्थमा पनि सरकारलाई आफ्नो जनताको होइन कुर्सी माया छ ।

अक्सिजनको अभावले छट्पट्एिको  बिरामीलाई देख्दा पनि व्यंग्य गर्छ कोरोना केही होइन बेसार र अम्बाको पात खाए ठीक हुन्छ । यसरी संक्रमणलाई ठट्टाको रूपमा लिँदा र सम्बन्धित निकायको मानिसले ध्यान नदिँदा अकालमा जनताले ज्यान गुमाउनु परेको छ ।

अहिलेको अवस्था निकै कठिन रहेको छ । त्यस्तै अस्पतालमा मृत्युसँग लडिरहेको मानिसलाई पनि आत्मबलको एकदमै जरुरी हुने गर्दछ । हरेकपल सकारात्मक कुराको अपेक्षा गर्ने गर्दछन् । यस्तो बेलामा मानिसहरु सामाजिक संजालमा धेरै सक्रिय देखिन्छ ।

सामाजिक सञ्जालमा नकारात्मक समाचार सम्प्रेसणले गर्दा बिरामीहरुमा एकदमै निराशा छाउने गर्दछ । मानिसहरु अब मेरो नै पालो होला, म मर्ने भएँ भन्ने डरै डरमा बाँचिरहेका हुन्छन् । त्यसमाथि निजी अस्पतालको लुट पनि कम छैन ।

मानिसले मोका हेरेर बसेको जस्तो देख्न सकिन्छ अहिलेको परिस्थिति हेर्दा । अक्सिजनमा हाहाकार बनाएर साधारण जनताको जिबनमा खेलवाड गरिरहेको सबैले देखिरहेको छ ।  यस्तो कुरामा खबरदारी गर्ने काम मिडियाको हो । तर मिडियालाई यसको मतलब छैन । सबै मिडियाहरु पनि नकारात्मक समाचारलाई नै सम्प्रेसण गर्नमा नै होडबाजी चलिरहेको छ ।

नेताहरुले के बोले र त्यो सही होस् कि गलत केही भएन बस् बेसार पानी र अम्बाको पात हेडलाइन राखेर कसरी भ्युज बढाउने भन्नेतिर मात्र सोच्छन् । गलत समाचार र मृत्युको मुखमा पुगेको मानिसलाई कसरी हाम्रो माध्यमबाट सकारात्मक सोच उत्पन्न गराउन सकिन्छ भनेर सोच्नु पर्नेमा मिडियाले नै गतल समाचार प्रशारण गरेपछि अस्पतालमा निराश भएका जनताले कसरी राहतको सास फेर्न सक्छन् त ?

हरेक अनलाईन र पत्रिकाहरुमाहरुमा मृतकप्रति श्रद्धान्जली दिईरहँदा अब आफ्नै पालो आयो की भनेर डराइरहन्छन् । सामाजिक सञ्जालमा मान्छेको कति बेला मृत्यु हुन्छ र श्रद्धान्जली दिउँ भन्ने कुरामा होडबाजी नै चलेको जस्तो देखिन्छ । यसले न बिरामीलाई शान्ति दिन्छ मृतकको परिवारलाई । नजिकका मान्छेको मृत्युमा तपाईंलाई दुख लाग्नु स्वभाविक हो । तर, त्यसले आतंक सिर्जना गर्छ भने मन सम्हाल्नुपर्छ ।

नत्र फेसबुकमा हुनुहुने तपाईं ‘मित्र’ अस्पतालमा छट्पटाइरहेकाहरुको लागि ‘दुश्मन’ हुनुहुन्छ । तिनै श्रद्धान्जलीले अस्पतालको बेडमा छट्पटाइरहेकाहरुलाई मृत्युको नजिक पुर्याएको आभाष दिलाइरहन्छ । गलत समाचारले ठिक भएको मानिस पनि डिप्रेसनमा जानेसम्मको स्थितीमा मानिसलाई पुर्याइसक्यो । सामान्य अवस्थाको मानिस पनि सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् उनीहरुमा पनि यही कति बेला के हुने भन्ने डरले मानसिक रुपमा नै कमजोर भएको महसुस गर्न सकिन्छ ।

कोरोना फैलिएको अबस्थामा निषेधाज्ञा देशव्यापीरुपमा भइरहेको छ । दैनिक कमाएर गुजारा गर्नेको लागि यो अवस्था निकै कठिन छ । यस्तो अवस्थामा रोगले मरोस् या भोकले यसमा के पीर घरभित्र बस्दा भोकले मरिन्छ भने घरबाहिर जाँदा  रोगले । 

यसमा खानाको व्यवस्था सरकारले गरिदिएको भए रोगको डर नमानी खानको लागि भौँतारी.न पर्दैनथ्यो । सरकारले लाचारीपन देखाएर पनि निम्न स्थरको जनताले दुःख पाइरहेका छन् । आफू संक्रमित भएर अस्पताल नपुगेसम्मलाई मात्र काम दिन्छ । त्यसपछिको संघर्ष ‘जीवन वा मृत्यु’ भन्ने मात्र हो । उनीहरु मृत्युको धून बजाइरहेका छन् ।

अनि तपाईंले भनेजस्तो ‘लखरलखर’ को हिँडिरहेको छ ? जसलाई दुई छाक खान इँटाभट्टा जानै पर्नेछ । जसलाई गिटी कुट्नै पर्नेछ । जसलाई ठेला ठेल्नै पर्नेछ । जसलाई ट्याक्सी चलाउनै पर्नेछ । कोभिडले मरोस् कि भोकले त्यसमा के अन्तर छ ? त्यसैले कसैको बाध्यतालाई मजाक नबनाऊँ । अस्पतालमा भएका संक्रमितलाई पटपपटक त्रासद समाचार प्रसारण गरेर आत्मबल कमजोर कसैले नबनाऊँ । पटपपटक त्रासद समाचार प्रसारण गरेर न्यूज बेच्ने र भ्यूज किन्ने होडबाजी गरेर मिडियाले महामारीको बेलामा आफूले निर्वाह गर्नुपर्ने भूमिकासमेत भुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै